Logo
७ बैशाख २०८१, शुक्रबार
(April 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाग्लुङको होली हत्या घटनामा संलग्न ८ जना सार्वजनिक

गण्डकी प्रदेश स्थित बागलुङको बल्देधुरीमा भएको घटनामा संलग्न ८ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

घटनामा संलग्न बडिगाड गाउँपालिका वडा नम्बर १० का २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढा मगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा मगर, तिर्थ लाल बुढा मगर, ३१ वर्षीय सूर्य बुढा मगर र ४६ वर्षीय ढाल बहादुर बुढा मगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

चैत १५ गते होली खेल्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ को सिमाना बल्देधुरी झडप हुँदा २ जनाको मृत्यु भएको थियो ।

घटनामा निसीखोला गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दामाईको मृत्यु भएको थियो ।

प्रहरीले मिलन बुढा मगर र रेशम बुढा मगरलाई गुल्मीको मदाने गाउँपालिकाबाट, कुमार छन्त्याललाई रुपन्देही, रेशम बुढा मगरलाई बुर्तिबाङ, सूर्य बुढा मगर र ढाल बहादुर बुढालाई दर्लिङबाट पक्राउ गरेको र दुई जना जिल्ला प्रशासनमा आएर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद थपि अनुसन्धान सुरु गरिएको एसपी मगरको भनाई छ ।पीडित पक्षले ६ जना विरुद्ध किटानी जाएरी दिएका थिए । जसमध्ये ४ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति: Apr 2, 2021

प्रतिक्रिया दिनुहोस्