Logo
१२ बैशाख २०८१, बुधबार
(April 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख दिने

मन्त्रिपरिषद्को बैठकले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख दिने निर्णय गरेको छ । आज (शुक्रबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकले विजेता खेलाडीलाई जनही रु चाररचार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

सोमबार  दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।

नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

प्रकाशित मिति: Apr 2, 2021

प्रतिक्रिया दिनुहोस्