Logo
१३ बैशाख २०८१, बिहीबार
(April 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलीउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण

बलीउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको पनि कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।

रणबीर र आलियाबीच अहिले प्रेमसम्वन्ध रहेको छ । उनीहरु एक अर्कालाई डेट गरीरहेका छन् त्यसकारण पनि रणबीर कपूर कोरोना संक्रमि भएपछि आलियाको पनि रिपोर्ट पोजेटिभ आएको छ ।

आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि कोरोना संक्रमित भएका थिए ।
त्यसैगरी बिग बोस फेम अभिनेत्री मोनालिसालाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनको श्रीमान् विक्रांत सिंह राजपूतले सो कुराको पुष्टि गरेको छन् ।

उनका अनुसार मोनालीसालाई कोरोना पोजेटिभको लक्षण भने देखिएको छैन र पनि होम क्वारेन्टिनमा बसेकी छन् ।कोरोनाको लहर फिल्म क्षेत्र, टेलिभिजन क्षेत्र, खेल क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु पनि पछिल्लो समय कोरोना संक्रमित हुँदै आएका छन् ।

सचिन तेंदुलकर, आमिर खान, कार्तिक आर्यन, विक्रांत मैसे, मनोज बाजपेयी, बप्पी लहरी, तारा सुतारियापछि आलिया पनि कोरोना संक्रमित भएकी छन् ।

 

प्रकाशित मिति: Apr 2, 2021

प्रतिक्रिया दिनुहोस्