Logo
८ बैशाख २०८१, शनिबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकप्रिय एरोबिक व्यायामको यस्ता छन् फाइदा जान्नुहोस् !

अहिले मानिसहरु जुनसुकै कुरा सिक्न पनि आनन्द मनपराउने गछर्न । एक अध्ययनले कुनै पनि व्यक्तिको शारीकि गतिविधिले जीवनको हरेक आयाममा असर गर्ने पुष्टि गरेको छ ।

फिनल्याण्डको जिभस्किली विश्वविद्यालयले गरेको एक अध्ययनले व्यक्तिको शारीरिक गतिविधिले जीवनको हरेक आयाममा असर गर्ने तथ्यलाई पुष्टि गर्दै जीवनशैलीको परिवर्तनलाई जोड दिएको छ ।

विश्वविद्यालयको खेलकुद तथा स्वास्थ्य विज्ञान संकायद्वारा गरिएको अध्ययन अनुसार पहिलो बच्चाको जन्मपछि महिलाको शारीरिक अभ्यासमा धेरै कमी आउँछ ।

बच्चाहरूको जन्म र निवास परिवर्तन, वैवाहिक स्थिति र काम गर्ने ठाउँ र त्यसको तरिका आदिले पुरुष र महिलाहरूको शारीरिक विकासलाई असर गर्ने गर्छ।

बच्चाहरू बढ्दै जाँदा, महिलाको एरोबिक चरणहरूमा समेत वृद्धि हुँदै जान्छ । यद्यपि बच्चा जन्मिनुले पुरुषहरूले गर्ने शारीरिक अभ्यास र त्यसको गुणात्मक वृद्धिमा त्यस्तो धेरै प्रभाव पार्दैन ।

अध्ययनले पुरुषहरूमा पर्ने परिवर्तनको समेत अवलोकन गरिएको थियो, जसमा पुरुषमा खासै धेरै प्रभाव नपरेको पाइएको छ ।महिलाका लागि घरायसी काम, बजार जाने वा अन्य सामान्य गतिविधिले गर्दा पर्याप्त शारीरिक अभ्यासको समय नहुने गरेको अध्ययनको क्रममा देखिएको छ ।

‘पहिलो र दोस्रो बच्चाको जन्मसँगै पुरुषहरूमा एरोबिक चरणहरूको प्रवृत्तिमा गिरावट आउने गरेको छ,’ पोस्टडक्टोरल अनुसन्धानकर्ता कास्पर सालिन भन्छन् “यद्यपि दोस्रो बच्चाको जन्मसँगै दैनिक अभ्यासको मात्रा भने पुरुषहरूमा बढ्न थालेको छ ।” अर्थात् पहिलो र दोस्रो बच्चा जन्मिएपछि पुरुषमा एरोबिक अभ्यासको मात्रामा गिरावट आउने गरेको छ भने अन्य शारीरिक अभ्यासमा भने बढोत्तरी हुने गरेको छ ।

एरोबिक व्यायाम के हो?

मनोरञ्जक संगीतमा सहज तरिकाले मस्ती वा डान्स गरेर गरीने व्यायामलाई नै एरोबिक व्यायाम भनिन्छ । सधैं फिट रहन र ऊर्जाशील महसूस गर्नु हरेक मान्छेको लक्ष्य हुन्छ ।

आजकल यस्तो व्यायाममा मान्छेको रूचि बढिरहेको पाइन्छ । जसलाई गर्न सहज होस् र मनोरञ्जक पनि । यस्तै व्यायाम हो एरोबिक व्यायाम । जसमा शारीरिक अभ्यासका साथै मनोरञ्जन पनि खोज्ने गरिन्छ ।

एरोबिक व्यायाम महिलाहरूको बीचमा त लोकप्रिय व्यायाम नै हो । तर पनि बच्चा जन्मिएपछि महिलाहरूले समेत यस्तो अभ्यासलाई भुल्दै जाने गरेका छन् ।

पुरुषहरूले पनि यसलाई मन नपराउने त होइनन् । यदि तपाईंले यसलाई नियमित बनाउनु भएको छैन भने यसबाट लाभ पाउन सकिँदैन ।

मनोरञ्जक संगीतमा सहज तरिकाले मस्ती वा डान्स गरेर पनि स्वास्थ्यको लागि लाभ पुर्‍याउन सकिन्छ । यस व्यायामलाई भोजन र पानी जस्तै जीवनको जरूरी हिस्सा बनाउनुपर्छ ।

एरोबिक्सका प्रकार

रोप स्किपिङ

सामान्यतया हामी यसलाई डोरी जम्पिङ पनि भन्छौं। घरमा डोरी स्किपिङ फ्याट कम गर्न महत्वपूर्ण मानिन्छ । यसले शरीरको कद बढाउँछ र शरीरलाई सुन्दर आकार दिन्छ।

स्टेप एरोबिक्स

स्टेप एरोबिक्समा कोरियोग्राफिक चालहरू हुन्छन्। यो सबैभन्दा लोकप्रिय कार्डियो व्यायाम हो । यसले खुट्टा र हिपको क्षेत्रमा रहेको फ्याट कम गर्न सक्छ ।

ट्रेडिसनल फ्लोर एरोबिक्स

यसका केही मुभमेन्टहरू हुन्छन् । जुन एक खास संगीतको आधारमा अगाडि वा पछाडि हुने गर्छ । ती चालहरूलाई उच्च प्रभावयुक्त चालहरू भनिन्छ ।

अर्थात् उच्च प्रभावयुक्त चाल र कम प्रभावयुक्त चाल गरी दुई प्रकारका चालहरू हुने गर्छन् । उच्च प्रभाव, जहाँ दुवै खुट्टा एकैसाथ जमिन छाड्ने खालको हुन्छ भने कम प्रभावयुक्तको अर्थ एक खुट्टा जमिनमा छाडी एक खुट्टा मात्रै उचालेर सोही अभ्यासलाई दोहोराइरहने गरिन्छ ।

एक्वा एरोबिक्स

पौडी खेल्ने सोख हुनेहरूका लागि एक्वा एरोबिक्स उत्तम विकल्प हो । पौडीले शरीरलाई लचिलो बनाउँछ। केही विशेष फ्लोटिङ्ग उपकरणहरू पनि यसमा प्रयोग गरिन्छ । यो एक स्थानमा उभिएर वा एक ठाउँबाट अर्को ठाउँमा जाने बखत पनि गर्न सकिन्छ। यो कसरतले मेटाबोलिज्ममा सुधार ल्याउँछ ।

नृत्य एरोबिक्स

यस एरोबिक्समा विभिन्न प्रकारका नृत्य शैलीहरूको प्रयोग गर्न सकिन्छ । यसमा नाचबाट मनोरञ्जनसहित व्यायाम पनि गर्ने गरिन्छ ।

 

 

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्