Logo
१३ बैशाख २०८१, बिहीबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ दिइने

भारतीय साउथ फिल्मका सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ दिइने भएको छ ।

भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले एक प्रेस मिटमा उक्त अवार्डको घोषणा गरेका हुन् । पत्रकार सम्बेलनमा मन्त्री जावडेकरले रजनीकान्तले विगत पाँच दशकदेखि फिल्मको संसारमा राज गरेको समेत बताएका छन् ।

अवार्डको निर्णायकमा आशा भोंसले, मोहनलाल, विश्वजीत चटर्जी, शंकर महादेवन र सुभाष घई रहेका थिए । उनीहरुले सर्वसम्मतिमा रजनीकान्तको नाम सिफारिश गरेका हुन् ।

मन्त्री जावडेकरले प्रेम मिटमा भने ‘हामीलाई खुसी लागेको छ । देशको सबै भागका फिल्मकर्मी, निर्माता, निर्देशक, गायक, संगीकार सबैलाई समय समयमा ‘दादा साहेब फाल्के अवार्ड’ मिलेको छ । अहिले यो बर्षको अवार्ड महानायक रजनीकान्तलाई घोषणा गर्दा मलाई धेरै खुसी लागेको छ ।’

रजनीकान्तका दरबार, २.०, द रोबोट, त्यागी, चालबाज, अन्धा कानुन, कबाली, खुनका कर्ज, दोस्ती दुस्मनीलगायत थुप्रै हिट फिल्म रहेका छन् ।

 

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्