Logo
१३ बैशाख २०८१, बिहीबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री तथा भारतीय सांसद् किरण खेरलाई “ब्लड क्यान्सर”

भारतीय सिने जगत बलिउड अधिनेत्री तथा भारतीय जनता पार्टीको चण्डीगढकी सांसद किरण खेरलाई ‘ब्लड क्यान्सर’ भएको छ ।

किरण खेरकी साथी तथा बीजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै किरणको रोगको बारेमा जानकारी गराएका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उनी मल्टिपल माइलोमाबाट पीडित भएकी छन् । जुन एक प्रकारको ब्लड क्यान्सर हो । उनी अहिले मुम्बईमा उपचारारत छिन् ।

सूदले भने, “अघिल्लो वर्ष ११ नोभेम्बरमा किरणको उनकै घरमा हात भाँचिएको थियो । हातको उपचारको क्रममा उनमा मल्टीपल माइलोमाको शुरुवाती लक्षण देखिएको थियो । उनको रोग बाँया हातबाट दाँयातर्फ फैलिएको थियो । त्यससमयदेखि उनको लगातार उपचार भइरहेको छ ।”

सूदका अनुसार किरण अघिल्लो वर्षदेखि उपचारारत थिइन् । उनको अवस्थामा सुधार आएको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्