Logo
७ बैशाख २०८१, शुक्रबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक

बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज बस्दै छ ।

आज अपराह्न ३ बजे भर्चुअल रुपमा बस्ने बंगालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठकको आयोजना श्रीलंकाले गर्ने भएको छ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्ने छन् ।

उनीसँगै विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चअधिकारी सहभागी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।बैठकले आज भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भर्चुअल रूपमा बसेको तयारी बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए ।सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बंगाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो ।

आजको बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।

नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो ।बैठकमा बिमिस्टेक देशबीच आतंकवाद विरुद्ध ऐक्यबद्धताबारे पनि छलफल हुनेछ ।

तीन वर्षअघि काठमाण्डौमा चौथो शिखर सम्मेलनपछि बिमस्टेकको पाँचौँ शिखर सम्मेलन भएको छैन । बिमस्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड छन् ।

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्