Logo
८ बैशाख २०८१, शनिबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा अज्ञात समूहले गोली लागेर एक जना घाइते

प्रदेश नं २ स्थित महोत्तरीमा अज्ञात समूहले गोली प्रहार गर्दा एकजना घाइते भएका छन् ।

बर्दिबास नगरपालिका वडा नम्बर १ का रोशन कोइराला हिजो बेलुका करिब साढे ७ बजे अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएको महोत्तरी प्रहरीले जानकारी दिएको  छ।

औरही नगरपालिका-४ स्थित सेरामा गोली चल्दा कोइराला घाइते भएका हुन् । कोइरालामाथि २ दुई गोली प्रहार भएको छ र एउटा गोली कोखमा र अर्को हातमा लागेको प्रहरीको भनाइ छ ।

घाइते भएका कोइरालाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ । गोली कसले र किन चलाएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्