Logo
१३ बैशाख २०८१, बिहीबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

प्रदेश नं १ को प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ ।

माओवादी केन्द्रले गत पुस १२ गते दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिने भएको छ । प्रदेश सभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित बनेको तत्कालिन नेकपाको प्रचण्ड-माधव समूहले पुस १२ गते प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

तर सर्वोच्च अदालतले फागुन २३ गते दलको नामसम्बन्धी विवादमा फैसला गर्दा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि त्यतिबेला प्रचण्ड-माधव समूहमा रहेका सांसदहरु पनि आफ्नो साविकको दल एमाले र माओवादी केन्द्र अनुसार नै विभाजित हुन पुगे ।

नेकपा एमालेको माधव नेपाल समूहका १६ जना सांसदले मंगलबार सामूहिक रुपमा अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएका थिए । माओवादी केन्द्रले संसद बैठकबाटै फिर्ता लिने तयारी गरेको हो ।

एमाले र माओवादी केन्द्र नै ब्युँतिएपछि प्रदेशसभामा एमाले एक्लैको बहुमत पुग्छ । त्यसैले माओवादी केन्द्रको अविश्वास प्रस्ताव पारित हुने सम्भावना छैन ।

प्रदेशसभामा नेकपा एमालेका ५१ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रसँग १६, नेपाली कांग्रेससँग २१, जसपासँग ३ राप्रपा र संघिय लोकतान्त्रिक मञ्चसँग एक-एकजना सदस्य छन् ।

बहुमत सरकार निर्माणका लागि ४७ मत आवश्यक पर्छ ।

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्