Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु

आजदेखि लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सुरु हुँदै छ ।

अधिबेशन आज दिउँसो १ बजेदेखि सुरु हुन लागेको छ । उक्त बैठकमा दुई वटा विधेयक पेश हुने छन्।बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभा स्रोतले जानकरी दिएको छ ।

आजको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाका लागि अध्ययन समितिको प्रतिवेदन माथि छलफलका लागि प्रस्ताव पेश हुने प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपमा प्रदेश सभामा रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा रहेको बेला कुर्सी भने पुरानै कायम हुने भएका छन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ ।गठबन्धन सरकार भएका कारण माओवादीका सांसदहरु पनि आज पुरानै स्थानमा सत्ता पक्षको कुर्सीतिर नै बस्ने बताइएको छ ।

 

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्