Logo
७ बैशाख २०८१, शुक्रबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुध्द एयरले अब भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान भर्ने

बुध्द एयरले भैरहवा तथा नेपालगञ्जमा थप उडान विस्तार गर्ने भएको छ । बुध्द एयरले हवाई यात्रालाई थप सहज र सजिलोका लागि भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ ।

यससँगै भैरहवामा दैनिक ९ उडान र नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ ।यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ ।

बुध्द एयरले केही समय अगाडी मात्रै एटीआर-७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर-७२ जहाज पनि थप्ने बुध्द एयरका बजार निर्देशकले बताएका छन् ।

जहाज थपिएसँगै ९ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुध्द एयरसँग रहेको छ ।

बुध्द एयरले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ ।

यी उडान बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्