Logo
७ बैशाख २०८१, शुक्रबार
(March 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षमा यामाहा बाइक वा स्कुटर किन्दा २०.७८ लाख पुरस्कार पाइने !

नयाँवर्ष २०७८ मा यामाहाको बाइक वा स्कुटर किन्दा बम्पर पुरस्कार २०.७८ लाख पाइने भएको छ ।

नेपालको नयाँ वर्ष २०७८ को लागि यामाहा आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) नयाँवर्ष २०७८ योजना अघि ल्याएको छ ।

नवउत्सवलाई ज्यादा रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

साथै स्क्य्राच कार्डमार्फत ग्राहकहरुले २०. ७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् ।ग्राहकवर्गलाई थप सुविधा दिने उद्देश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजना पनि प्रस्तुत गरेको बताएको छ, जस अनुसार मोटरसाइकल तथा स्कुटरहरु ० प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईएमआई सुविधाका साथ पाउन सकिन्छ ।

नयाँ वर्षका प्रवद्र्धनात्मक योजनाका बारेमा जानकारी दिंदै यामाहा नेपालका सीईओ चरञ्जिवि शाहले २०७७ कोभिडका कारण कठिन भए तापनि नयाँ वर्ष २०७८ ले उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेको र सोही अपेक्षालाई दृष्टिगत गरेर यामाहाले ल्याएको योजनाले ग्राहकवर्गलाई फाइदा पुग्ने अपेक्षा गरेका छन् ।

यामाहा नेपालमा फ्युल इन्जेक्टेड मोटरसाइकल र फ्युल इन्जेक्टेड स्कुटरहररु उपलब्ध गराउने पहिलो ब्रान्ड बन्दै अत्याधुनिक प्रविधियुक्त दुई पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको बताएको छ ।

फ्युल इन्जेक्टेड अर्थात एफआई इन्जिनको लागि प्रसिद्ध भएकाले यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले त्यही एफआई शब्दलाई नयाँ वर्षको लागि समेत प्रवद्र्धन गरिरहेको छ ।

एफआईलाई अब फ्युल इन्जेक्टेडको सट्टा फ्रिड इनिसिएटेड नाम राखेको हुन सक्छ ।नेपाल अटो

प्रकाशित मिति: Mar 30, 2021

प्रतिक्रिया दिनुहोस्