Logo
८ बैशाख २०८१, शनिबार
(March 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरको प्रश्न- सबैलाई डेमोक्रेसी हो भने मधेशी र थारुहरु किन अहिलेसम्म जेलमा ?

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपालको राजनीतिमा अहिले स्थिरता नभएको दाबी गरेका छन् । साथै उनले मुलुकमा सबैलाई डेमोक्रेसी हो भने मधेशी र थारुहरु किन अहिलेसम्मपनि जेलमा भन्दै प्रश्न गरेका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो गुनासो गरेका हुन् ।

उनले संविधान संशोधनको कुरा आफूहरुको मात्रै नभएर देशकै माग भएको पनि टिप्पणी गरेका छन् । अध्यक्ष ठाकुरले नागरिकताको समस्या मात्र मधेशको समस्या नभएर देशकै समस्या भएको पनि सुनाए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा आएकै दिनदेखि सरकारमा आउनको लागि आग्रह गरेको सुनाए । तर, आफ्ना मागहरु पूरा नभएसम्म सरकारमा सहभागी नहुने उनको भनाई छ ।

आजमात्रै पनि प्रधानमन्त्री ओलीका नजिकका मान्छेले आफूलाई भेटेको ठाकुरले सुनाए । र, आफूहरुले उठाएका माग पूरा गर्नको लागि अन्तिम तयारी भएको कुरा सुन्नमा आएको भन्दै त्यसको लागि प्रधानमन्त्री ओलीलाई उनले धन्यवाद दिए ।

उनले प्रधानमन्त्री ओलीसँग आफ्नो लगातार भेट भैरहेको भएपनि ठोस सहमति नभएको जिकिर गरे । उनले प्रमुख दलहरु नै एक आपसमा नमिलेको पनि टिप्पणी गरे । रिपोर्टर्स नेपाल

प्रकाशित मिति: Mar 30, 2021

प्रतिक्रिया दिनुहोस्