Logo
७ बैशाख २०८१, शुक्रबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरका विद्यालय भोलिदेखि ४ दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

सरकारले देशभरका विद्यालय भोलिदेखि ४ दिन बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो। बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए।

गएको शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ ।लामो समयको खडेरीले हावा सुख्खा भएको कारण हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको जल तथा मौसमविद्ले बताएका छन् ।

साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको बताएका छन् ।

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्