Logo
१३ बैशाख २०८१, बिहीबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकैदिन थपिए ६८ हजार भन्दा धेरै कोरोना संक्रमित, नेपाल पनि जोखिममा

छिमेकी देश भारतमा पछिल्लो समयमा कोरोना संक्रमण तिब्र फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो गत वर्ष अक्टोबर पछिकै सबैभन्दा उच्च संख्या हो ।सोमबार थपिएको संक्रमितको संख्यासँगै भारतका कुल कोरोना संक्रमितको संख्या १ करोड २० लाख भन्दा धेरै भइसकेको छ । यसमा सक्रिय संक्रमितको संख्या ५ लाख भन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २ सय ९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो सयम भारतमा कोरोना बढेसँगै नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ । भारतबाट नेपाल भित्रिनेको संख्या बढेसँगै सीमामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।

यद्यपि धेरै सिमानामा व्यवस्थित हुन नसक्दा नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।स्थानीय सरकारले सिमानामा हेल्थ डेस्कको स्थापना गर्दै ज्वरो नाप्ने र कोरोनाको एन्टिजेन परीक्षणको पनि व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्