Logo
१५ चैत्र २०८०, बिहीबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भन्सार विभागले गर्‍यो ६६० भन्सार एजेन्टका लागि दरखास्त आह्वान

भन्सार विभागले ६६० भन्सार एजेन्टका लागि अनलाइन दरखास्त आह्वान गरेको छ ।

६ सय ६० जना भन्सार एजेन्ट आवश्यक परेको हुदाँ भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरको गरेको हो ।

२१ वर्ष पूरा गरेका नेपाली नागरिकले www.customs.gov.npवेवसाइटमा गएर दरखास्त दिन सक्नेछन्। त्यसका लागि मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिंकमार्फत् दरखास्त दिनुपर्नेछ।

दरखास्त दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ। २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ। इच्छुक उम्मेदवार स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ।

कम्प्युटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ। परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ।

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्