Logo
१२ बैशाख २०८१, बुधबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज बिहान काठमाडौं आइपुगेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं आईपुगेको हो ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।  यो खोप दुई मात्रा लगाउनुपर्छ ।

नेपाल एयरलाइन्सको जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । सो जहाज सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सो खोप दिउँसो नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्