Logo
१५ चैत्र २०८०, बिहीबार
(March 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राउन राइसका फाइदा यस्ता छन् जान्नुहोस् !

हाम्रो शरीरलाई स्वस्थ्य राखनका लागि हाम्रो खानपिन पनि सन्तुलित तथा पोषिलो हुन जरुरी रहेको हुन्छ । अहिलेका मानिसहरु प्राय कृत्रिम बस्तु खान मन पराउँछन् त्यसैले पनि दिनप्रति दिन मानव स्वास्थ्यमा असर गरीरहेको छ ।

अहिले संसारमा जटिल भन्दा जटिल रोग बढी रहेको छ । त्यसैले हामीले खानमा के खादैँछौ भनेर पनि सचेत हुन जरुरी देखिन्छ । किनभने हामीले खाने हरेक खानेकुराले शरीरमा फाइदा की त बेफाइदा गर्दछ।

अहिले धेरै स्वास्थ्य कर्मीले आममानिसलाई स्वस्थकर खाना खान आग्रह गछन् । स्वस्थकर खानेकुराको चर्चा गर्दा ब्राउन राइसको नाम पनि आउँछ। अहिले धेरैजसो मानिसले ब्राउन राइस खान थालेका छन्। ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ। किनकी यो कम प्रशोधित हुन्छ।

ब्राउन राइसमा पाइने पौष्टिक तत्वहरु

स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने ब्राउन राइसमा विभिन्न पौष्टिक तत्वहरु पाईन्छ। सेतो चामलको तुलनामा ब्राउन राइस निकै फाइदाजनक र सुरक्षित मानिन्छ। ब्राउन राइसमा सेतो चामलको तुलनामा क्यालोरी र कार्बोहाइड्रेट बढी हुन्छ।

ब्राउन राइस फोलेट, राइबोफ्लेविन, पोटाशियम र क्याल्सियमको राम्रो स्रोत हो।यी पौष्टिक तत्वका साथै यसमा म्यागनीज पनि प्रचुर मात्रामा पाईन्छ।

ब्राउन राइसको सेवनबाट शरीरमा हड्डीको विकास, माशंपेशी बलियो हुनुका साथै ब्लड सुगरलाई नियन्त्रण गर्नमा मद्दत गर्दछ।ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ। बडी विल्डिङ बनाउनेदेखि मधुमेह र मुटु सम्बन्धी रोगका बिरामीले रोगबाट बच्न ब्राउन राइसको सेवन गर्छन्।

ब्राउन राइसका फाइदा

-सामान्यत: चामलमा चिनीको मात्रा बढी हुन्छ । यसकारण मधुमेहका बिरामीले चामल खानुहुँदैन । ब्राउन राइस खाए रगतमा चिनीको मात्रा बढ्दैन । तसर्थ मधुमेहका रोगीहरूका लागि ब्राउन राइस राम्रो विकल्प हो ।

-ब्राउन राइसले कोलस्ट्रोल कम गर्नुका साथै अनावश्यक फ्याट शरीरको भित्री भागमा जम्नबाट रोक्छ ।

-हर्टएट्याक तथा मुटुका अन्य रोग, धेरैजसो मुटुको धमनीमा कोलस्ट्रोल जम्मा भएर सिर्जना हुन्छ । यस्तो अवस्थामा ब्राउन राइसको सेवनले मुटुको रक्षा गर्छ ।

-म्याग्नेसियम तथा क्याल्सियमको मात्रा बढी हुने भएकाले ब्राउन राइस, हड्डी बलियो बनाउन सहायक हुन्छ ।

-ब्राउन राइस तौल कम गर्न पनि उपयोगी हुन्छ । एजेन्सी

 

प्रकाशित मिति: Mar 28, 2021

प्रतिक्रिया दिनुहोस्