Logo
१५ चैत्र २०८०, बिहीबार
(March 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमजी एचएस एसयूभी काठमाडौं भित्रियो, जान्नुहोस् यसका विशेषता !

नेपाली बजारमा एमजीको एचएस एसयूभी भित्रिएको छ ।नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो एसयूभी नेपाली बजारमा ल्याएको हो ।

लामो समय यता नेपाली बजारमा आउने चर्चा भए पनि हालै मात्र एमजीको एसयूभी एचएस नेपाल आइपुगेको हो । यद्यपि कम्पनीले औपचारिक रुपमा सो एसयूभी सार्वजनिक गर्न भने बाँकी नै छ ।

कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रिक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफू अनुकूल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यु मिरर जस्ता फिचर यसमा उपलब्ध रहेका छन् ।

साथै, १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम यसमा रहेको छ । जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । यसमा रहेको १८ इन्चको अलोय ह्विल र पूर्णत लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको छ ।

एमजी एचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्छ । यसमा ७ स्पिड डिसिटी गियरबक्स उपलब्ध रहेको छ ।

अल न्यु स्टाइलिस एसयूभीको रुपमा बजारमा आउन लागेको एमजी एचएस निकै सुरक्षित एसयूभी हुने छ । विशेषत सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पुरा गरेको एचएसमा अगाडि ड्युअल र साइड कटन एयरव्याग दिइएको छ ।

यसलाई नेपाल ल्याएको अवसर पारेर केही समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गर्न लागेको हो । विभिन्न तीन कलर भेरिएन्टमा सो गाडी उपलब्ध हुने बताइएको छ ।

जसमा कालो, सेतो र रातो कलर भेरिएन्ट रहेका छन् ।नेपाली बजारका लागि पारामाउन्ट मोटर्सले गत माघ अन्तिम साता देखि नै यसको बुकिङ खुल्ला गरेको थियो ।नेपाल अटो

प्रकाशित मिति: Mar 26, 2021

प्रतिक्रिया दिनुहोस्