Logo
११ बैशाख २०८१, मंगलबार
(March 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरूषको वीर्यमा कोरोना भाइरस रहिरहने हुदाँ यौन सम्पर्कबाट सर्न सक्छ : अध्ययन

चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वमाहामीको रुपलिई करोडौ मानिस यसको शिकार बन्न पुगेका छन् । अहिले कोरोना भाइरसविरुद्धको खोप बनिसकेको र कति देशमा लगाइसकेका छन् । तर पनि यो निन्त्रणमा आउन सकेको छैन् ।

अहिले ब्राजिल, भारत , अमेरिका जर्मन लगायत आदी देशमा कोरोनाको दोस्रो तेस्रो लहर चलिरहेको र दिनप्रतिदिन कोरोनाको नयाँ भेरियन्टका विरामी बढ्दै गएकाले यसले थप चिन्ता बनाएको छ ।

हाम्रो छिमेकी देश भारतमा पनि केहिदिन यता कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढीरहेको छ । हिजो मात्र भारतमा ५९ हजारमा कोरोना पुष्टि भएको छ ।

यस्तो अवस्थामा नेपालमा पनि कोरोना जोखिम थप हुदै गएको देखिन्छ । किनभने भारत र नेपालमा खुला सिमाना र अर्को भारतमा रोजगारीका लागि गएका नेपाली फेरि नेपाल र्फकिरहेका छन् त्यसैले पनि नेपालमा पनि कोरोना संक्रमित बढ्ने संकेत देखिन्छ ।

यस्तो अवस्थामा कतिपय जोडिहरुलाई कौतुहल्ता हुन सक्छ यौनसम्प्रर्क गर्दा कोरोना सर्छ की सर्दैन भनेर आज हामी त्यही सम्वन्धी एक रिपोट हजुरहरुलाई जनाकारी दिन गइरहेका छौं

चिनियाँ अनुसन्धानकर्ताहरूले कोभिड-१९ रोग निको हुँदै गएपनि कतिपय पुरूषको वीर्यमा त्यसको संक्रमण रहिरहने बताएका छन्। यसबाट यो भाइरस यौन सम्पर्क राख्नाले पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना बढेको हो।

गत जनवरी र फेब्रुअरीमा चीनमा कोरोना महामारीको जोखिम उच्च बिन्दुमा पुगेकै बेला चीनको सान्चु म्युनिसिपल हस्पिटलमा उपचाररत ३८ जना पुरूष संक्रमितमा परीक्षण गर्दा यस्तो तथ्य बाहिर आएको चिनियाँ अनुसन्धानर्कताहरूद्वारा गरिएको रिसर्चमा उल्लेख छ।

कूल ३८ जना पुरूषमध्ये १६ प्रतिशतको वीर्यमा कोरोना भाइरस देखिएको उक्त अनुसन्धानमा उल्लेख गरिएको छ। उनीहरूद्वारा गरिएको खोज जामा नेटवर्क भन्ने जर्नलमा प्रकाशित गरिएको थियो।

३८ जनामध्ये करीब एक चौथाइ पुरूषमा कोरोनाको जोखिम उच्च थियो भने ९ प्रतिशतमात्र निको हुने क्रममा थिए।

‘कोभिड(१९ का बिरामी पुरूषको वीर्यमा कोरोना भाइरस पाइएको छ। कोरोना संक्रमणबाट निको हुँदै गरेका पुरूषहरूको वीर्यमा पनि भाइरस पाइएको छ‚’ बेइजिङस्थित चाइजिन पिपुल्स लिबरेसन आर्मी जेनेरल हस्पिटलका डियाङ्गेङ् ली र उनका समकर्मीले भने‚ ‘पुरूष प्रजनन प्रणालीमा भाइरस बढ्न नसक्ने भएपनि यो दीर्घकालीन रूपमा त्यहीँ रहन पनि सक्ने र ‘प्रिभिलेज्ड इम्युनिटी’ द्वारा पनि निको पार्न नसक्ने किसिमको हुन्छ।’‍ जुन क्षेत्रमा भाइरसलाई नष्ट गर्नका लागि शरीरको विशेषप्रकारको प्रतिरक्षात्मक शक्ति पनि पुग्न सक्दैन त्यसलाई प्रिभिलेज्ड इम्युनिटी भनिन्छ।

यसरी पुरूषको प्रजनन अङ्गमा भाइरस रहनु कुनै आश्चर्यको विषय भने होइन। विभिन्न भाइरसहरू यसैगरी पुरूषको प्रजनन अङ्गमा रहने किसिमका पनि हुन्छन्। यसभन्दा अघि पनि इबोला र जाइका भाइरस पनि पुरूषको वीर्यमा रहेको पाइएको थियो। यी संक्रमण भएको बेलामा संक्रमित पुरूष निको भएको एक दुई महिनापछि पनि प्रजनन अङ्गमा भाइरस पाइएको थियो।

कोरोना भाइरस यसरी पनि फैलन सक्छ कि सक्दैन भन्ने विषयमा भने प्रष्ट भइसकेको छैन। प्रजनन अङ्गमा भेटिएका सम्पूर्ण भाइरसहरू यौनजन्य क्रियाबाट सर्छन् नै भन्ने पनि हुँदैन।

‘यदि कोरोना भाइरस शारीरिक सम्पर्कबाट पनि सरेको पुष्टि भएमा यो संक्रमणलाई नियन्त्रण गर्न अझ कठीन हुने निश्चित छ‚’ अनुसन्धाताले भने‚ ‘यसबाट संक्रमित बिरामीहरू कि शारीरिक सम्पर्कबाट टाढा रहनु कि त अस्थायी साधनको प्रयोग गर्नु नै यसको विकल्प हुनसक्छ। संक्षेपमा भन्नुपर्दा यसमाथि अझ धेरै अनुसन्धानको आवश्यकता छ। निको भइसकेका पुरूषबाट पनि वीर्यमा भएको कोरोना संक्रमण अरूमा सर्न सक्ने पनि हुनसक्छ। (सिएनएन)

प्रकाशित मिति: Mar 26, 2021

प्रतिक्रिया दिनुहोस्