Logo
६ बैशाख २०८१, बिहीबार
(March 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमण तिब्र फैलिदैँ, एकैदिन ५९ हजारमा कोरोना पुष्टि

छिमेकी देश भारतमा पछिल्लो समय कोरोना संक्रमण तिब्र फैलिदै गएको अवस्थामा गएको २४ घण्टा भित्रमा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन यति धेरै संक्रमित पुष्टि भएको यो वर्षकै धेरै भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन । भारतीय संचारमाध्यमहरुले भारतमा एकैदिन यति धेरै नयाँ कोरोना संक्रमित भएको यो बर्षकै धरै भएको जनाएका छन् ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको जनाइएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेका बताइएको छ ।

यसैबीच भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने भारतले जनाएको छ ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित भएपछि भारतले यसको खण्डन गरेको हो ।

प्रकाशित मिति: Mar 26, 2021

प्रतिक्रिया दिनुहोस्