Logo
३ बैशाख २०७८, शुक्रबार
(March 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगलागीबाट भोजपुरमा चार घर जलेर नष्ट

प्रदेश नं १ स्थित भोजपुरमा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि चार घर जलेर नष्ट भएका छन्।

बिहीवार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका-८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीबाट हतुवागढी गाउँपालिका-८ का अर्जुन राई, कञ्चन राई, शान्तकुमारी राई कालीबहादुर राईको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 26, 2021

प्रतिक्रिया दिनुहोस्