Logo
१३ बैशाख २०८१, बिहीबार
(March 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुक अकाउन्ट ह्याक गरी दीपाश्री निरौलासँग एक लाख माग

अभिनेत्री दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ। अभिनेता दीपकराज गिरीका अनुसार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको हो।

ह्याकरले दुबै जनासँग पैसा मागेको बताइएको छ। दीपाश्रीका अनुसार ह्याकरले एक लाख रुपैयाँ माग गरेका छन्।

‘दीपाजीको फ़ेसबुक ह्याक भएको छ। सरोज खनाल दाइको पनि फ़ेसबुक ह्याक भएको छ। ह्याकरले चलचित्रकर्मीको फ़ेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ। अत: सजक हुनुहोला!,’ दीपकले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: Mar 25, 2021

प्रतिक्रिया दिनुहोस्