Logo
१५ चैत्र २०८०, बिहीबार
(March 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४५० वटा सिलिण्डर बोकेर बाटोमा गुडिरहेको ट्रकमा चट्याङ परेपछि…!

४५० वटा खाना पकाउने ग्यासका भरि सिलिण्डर बोकेर बाटोमा गुडिरहेको ट्रकमा चट्याङ परेपछि निकै भिषण विस्फोट भएको छ ।

समाचार एजेन्सी पीटिआइका अनुसार भारतको राजस्थान राज्यको जयपुर कोटा हाइवेमा पर्ने भीलवाडाको हनुमान नगरमा दुर्घटना भएको हो ।

यो भयानक दुर्घटनामा परेर पनि ट्रकका चालक भने बाँच्न सफल भएका छन् । ट्रक ड्राइभर बिजेठा निवासी ३५ वर्षका सतराज मीणाले जसोतसो भागेर ज्यान बचाए । यद्यपि उनको हात र शरीर कैयौं ठाउँमा पोलिएको छ ।

गुडिरहेको ट्रकमा चट्याङ परेपछि ट्रक सडकमै पल्टिएको थियो । ट्रकमा ४५० वटा भरिएका सिलिण्डर थिए । ट्रक पल्टिएपछि आगो लाग्यो र र सिलिण्डरहरु विष्फोट हुन थाले । एकपछि अर्को गर्दै करिब अढाइ भण्टासम्म सिलिण्डर विष्फोट भइरहे ।

यो दुर्घटनाको १५ घण्टा पछिसम्म पनि हाइवे बन्द रहेको समाचारमा जनाइएको छ । बुधबार बिहान कोटा, अजमेर र जयपुर जाने यात्रीहरुलाई रोकेर डाइभर्ट गरी जहाजपुर हुँदै बसोली मोडमा निकालियो ।

बुधबार बिहान घटनास्थलमा पुलिस तैनाथ रह्यो । ग्यास कम्पनीका कर्मचारी पनि बोलाइयो । त्यसपछि आसपासका क्षेत्रबाट सिलिण्डरका टुक्रा बटेल्ने काम भइरहेको छ ।

ड्राइभर र सहयोगीको देवलीको अस्पतालमा उपचार भइरहेको छ । यो दुर्घटनापछि आगो यति भीषण थियो कि आगोका ज्वाला ५ देखि ७ किलोमिटर टाढासम्म देखिएका थिए ।

विष्फोटमा सिलिण्डरहरु उछिट्टिएर आधा किलोकिटर टाढासम्म पर पुगेर खसेका थिए ।देवली नगरपालिकाको दमकलका कर्मचारी दिनेशका अनुसार घटनास्थलबाट १५० किलोमिटर टाढा उभिन पनि निकै कठिन भइरहेको थियो ।

दमकल पनि घटनास्थलको नजिक जान सकेको थिएन ।

प्रकाशित मिति: Mar 25, 2021

प्रतिक्रिया दिनुहोस्