Logo
११ बैशाख २०८१, मंगलबार
(March 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्तलाको बोक्राको चिया पिउँदा हुन्छन् यस्ता फाइदा जान्नुहोस् !

हामी धेरैजसो व्यक्तिहरुलाई चियाको लत भएको हुन्छ । धेरै जसो मानिसहरु चियाँको लागि सौखिन पनि हुने गर्छन् । सामान्यतया हामीले चिया फेस हुनको लागि या थकान कम गर्नको लागि पिउने गरिन्छ ।

चियाँमा धेरै जसो व्यक्तिहरुले दुध चियानै मनपराउने गर्छन् । उनीहरुले चियामा दुध र चियापत्ती हालेर पिउने गर्छन् । तर दुध चिया हामीले पिउँदा एसिडिटि,ग्यास जस्ता समस्याहरु हुने गर्छ ।

आज हामी तपाईलाई सुन्तलाको बोक्राको चिया पिउँदा हुने फाइदाहरुबारे हुजुरहरुलाई जानकारी दिन गइरहेका छौ । सुन्तलाको बोक्राको चिया हामीले दैनिक पिउदा हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक रहेको छ । साथै यो चिया स्वादमा पनि एकदमै मिठो हुन्छ त्यसकारण दैनिक यो चियाँ पिउने गर्नु राम्रो मानिन्छ ।

चिया पिउदा हुने फाइदा

सुन्तलाको बोक्रामा एन्टिअक्सिडेन्ट, एन्टिभाइरल, एन्टिक्यान्सर जस्ता गुणहरु पाइन्छन् । यसको सेवनले क्यान्सरको समस्याबाट बचाउँछ ।

यसका साथै यसले मधुमेह पनि नियन्त्रण गर्छ । यसले मधुमेहको बिरामीको शरीरमा चिनीको मात्रा नियन्त्रण गर्छ ।यस्तै, यसले मेटाबोलिज्म बढाएर शरीरमा अनावश्यक बोसो लाग्न दिँदैन ।

आवश्यक सामाग्री 
सुन्तलाको बोक्रा -1/2
पानी -1/2 कप
गुड – स्वादअनुसार
ल्वागं – २ देखि ३ वटा
अलैँची – १ देखि २
दालचिनी -१ देखि २ इन्च टुक्रा

चिया बनाउने विधि
1. सबैभन्दा पहिले सुन्तलाको बोक्रा धुने
2.गुडबाहेक सबै सामाग्री चिया पकाउने भाँडोमा हाल्ने
3.२ देखि ३ मिनेटसम्म उमाल्ने
4.पानीको रगं परिवर्तन नहुँदासम्म पानी तताउने र बाहिर निकाल्ने
5. त्यसलाई कपमा हालेर गुड हालेर पिउने एजेन्सी

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्