Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसको ठक्करबाट पैदलयात्रीको मृत्युपछि लम्कीमा स्थिति तनावपूर्ण, गोली लागि २ युवा घाइते

सुदूरपश्चिम प्रदेश स्थित कैलालीको लम्कीमा बसको ठक्करबाट युवतीको मृत्यु भएपछि स्थानीयबासी र प्रहरीको झडप भएको छ ।स्थानियको प्रदर्शन पछि त्यहाको स्थिति तनावपूण भएको र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

मंगलबार बिहानै पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना. ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका(१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

दुर्घटनापछि प्रदर्शनकारीलाई तितरबितर बनाउन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीले बताएको छ । प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

प्रहरीको गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दिपक सन्जेल घाइते भएका छन् । दुवैजनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

प्रहरीका अनुसार आक्रोशित स्थानीयबासी र प्रहरीको झडपमा ५ जना प्रहरी पनि घाइते भएका छन् ।ठक्कर दिने बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्