Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र बङ्गलादेशबीच रेल मार्गसहित चार वटा विषयमा सम्झौता

नेपाल र बङ्गलादेशबीच रेल मार्गसहित ४ वटा विषयमा सम्झौता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, साँस्कृतिक आदानप्रदान र रोहनपुर-सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्