Logo
१३ बैशाख २०८१, बिहीबार
(March 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँले जीवनको यथार्थता बोकेको “चैतै मास” गीत सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वरमा “चैतै मास” गीत सार्वजनिक भएको छ । कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “चैतै मास” नामक गीत बजारमा आएको छ ।

लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो ।बजारमा आएको यस “चैतै मास” गीतमा शव्द, संगीत एवं स्वर गायक सुबिनकै रहेको छ ।

यो गीतमा गाउँले जीवनको यथार्थलाई समेटिएको छ । एउटा किसानको दैनिकीलाई समेटिएको यो भिडियोमा सुबिनको मार्मिक अभिनय समेत देख्न सकिन्छ । विगतसँग आफ्नो वर्तमानलाई तुलना गर्दै दैनिकी गुजारा गरिरहेका सेञ्चुरीको प्रस्तुती यथार्थपरक छ ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: Mar 22, 2021

प्रतिक्रिया दिनुहोस्