Logo
६ बैशाख २०८१, बिहीबार
(March 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान

नेपाल वायु सेवा निगमको विशेष चार्टर्ड विमानमार्फत आज राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान गरेकी छिन् । राष्ट्रपति नेपाल वायु सेवा निगमको विशेष चार्टर्ड विमान आरए ००१ मार्फत आज बङ्गलादेश प्रस्थान गरेकी हुन् ।

त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ ।

त्यस्तै रेल्वे, यातायात, बन्दरगाह सुविधालाई नेपालसाग जोड्ने, बंगलादेशले नेपालबाट विद्युत खरिदका लागि गरिरहेको पहलका विषयमा पनि छलफल हुनेछ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपिता रहमानको सतवार्षिकी जन्म जयन्तीमा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनेछिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारकको भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, मन्त्रालयका उच्चाधिकारी र एक सांस्कृतिक टोली पनि सहभागी छन् ।

राष्ट्रपति भण्डारी चैत १० गते नेपाल फर्किनेछिन् ।

प्रकाशित मिति: Mar 22, 2021

प्रतिक्रिया दिनुहोस्