Logo
१२ बैशाख २०८१, बुधबार
(March 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलंकीमा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु

बागमती प्रदेश स्थित काठमाडौं  महानरगपालिका-१४ कलङ्कीमा अपरिचित व्यक्तिले प्रहार गरेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ ।

पहिचान नखुलेका अन्दाजी ५० वर्षका एक पुरुषको आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।टाउकोमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढुङ्गा हान्ने व्यक्ति फरार रहेकाले खोजी जारी रहेको र घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यता ललितपुर महानगरपालिका-१८ मञ्जुश्री टोलस्थित वाग्मतीमा अन्दाजी ६० वर्षका एक पुरुष मृत फेला परेको र उनको पहिचान नखुलेको जनाइएको छ ।

प्रकाशित मिति: Mar 21, 2021

प्रतिक्रिया दिनुहोस्