Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका पहाडी भूभागमा आइतबारसम्म चट्याङसहित पानी पर्ने

स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि समान्य बदली हुनेछ भने थोरै पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ भने शनिबार दिउँसो अपराह्न हावा हुरी र चट्याङसहित र राति चट्याङ र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११.८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ६ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १५ मिनेटमा हुनेछ ।

प्रकाशित मिति: Mar 19, 2021

प्रतिक्रिया दिनुहोस्