Logo
१३ बैशाख २०८१, बिहीबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेवाका दाना खादाँ हाम्रो शरीरमा हुन्छन् यी ८ फाइदा जान्नु्होस् !

अहिलेको व्यस्तता जीवनसँगै आफ्नो स्वास्थ्य राम्रो बनाउनु अहिलेका आम मानिसलाई चुनौति बनेको छ ।

मानिसहरु धेरै जसो समयमा काममा विजि हुनाले आफ्नो शरीरको फिटनेसको लागि त्यति ध्यानदिन पाउदैनन् यस्तो अवस्थामा आफुलाई स्वस्थ राख्नका लागि फलफूल एकदम फाइदाजनक मानिन्छ ।

फलफूल सेवनबाट हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्व पाप्त हुन्छ । फलफूल अन्तर्गत मेवा, आप, सुन्तला, लिचि, केरा, स्टवेरी, बगेर, अनार, जुनार, स्याउ आदी पर्ने गर्छ ।

हामी सबैले मेवा खाएका नै हौला । मेवा एक स्वस्थकर फल हो । मेवा सेवनले हाम्रो शरीर तथा छालाको लागि राम्रो मानिन्छ । साथै मेवाबाट विभिन्न कस्मेटीक सामाग्रि पनि निर्माण गरिन्छ । आज हामी तपाईलाई मेवाको फल जस्तै यसभित्र हुने मेवाको दानको फाइदाबारे जानकारी दिन गइरहेका छौ ।

हाम्रो शरीरमा जति मेवाको फलको फाइदा छ त्यतिनै मेवाभित्र हुने दाना पनि उत्तिकै फाइदा रहेको हुन्छ । हामी धेरै जसो व्यक्तिहरु मेवा खाएर त्यसका दाना त्यतिकै फाल्ने गर्छौ ।

तर तर यसको सेवनले स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । मेवाको दानाले पेटमा हुने विभिन्न समस्यालाई कम गर्छ ।

मेवाका दानाको फाइदाहरु निन्न छन् ।

1. कोलेस्ट्रोल सन्तुलनमा राख्न
मुटु स्वस्थ राख्नका लागि कोलेस्ट्रोल पनि सन्तुलनमा राख्न आवश्यक छ । त्यसैले मेवाको दानाको सेवनले कोलेस्ट्रोल सन्तुलनमा राख्न मद्दत मिल्नुका साथै मुटु पनि स्वस्थ रहन्छ ।

2. भाइरलबाट बचाउँछ
मौसम परिवर्तन भइरहने कारण मानिसमा विभिन्न प्रकारका भाइरलहरुले सताउने गर्छ । मेवाको दानाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले शरीरमा हुने विभिन्न इन्फेक्शन र भाइरलबाट बचाउँछ ।

3. छाला सफा राख्न
मेवाको दानाले छालालाई सफा राख्न पनि मद्दत गर्छ । यसको दानालाई अनुहारमा लगाउन सकिन्छ जसले अनुहारमा हुने दागधब्बा, चाउरी आदिलाई कम गर्छ ।

4. तौल कम गर्न
मेवाको दाना तौल कम गर्न फाइदाजनक हुन्छ । तौल कम गर्नका लागि मेवाको दानाको प्रयोग गर्न सकिन्छ । यसमा भारी मात्रा फाइबर पाइन्छ । यसले छिटो छिटो भोक लाग्दैन । भने पेट पनि लामो समयसम्म भरिरहन्छ ।

5.मांशपेशी बलियो बनाउन
मेवाको दानामा प्रोटिनको मात्रा धेरै हुन्छ । जो व्यक्ति जिम गएर मसल्स बनाउँछन् त्यस्ता व्यक्तिहरुले मेवाको दानाको सेवन गर्न आवश्यक छ । हरेक दिन मेवाको दानाको पाउडर खाँदा शरीरको आकार मिल्दै जान्छ ।

6.मधुमेहको समस्या
मेवाको दाना मधुमेहका रोगीहरुका लागि फाइदाजनक हुन्छ । मधुमेहको समस्यामा मेवाको दानाको सेवन गर्न आवश्यक छ ।

7. मिर्गौला स्वस्थ राख्न
यदि तपाईं मिर्गौलाको कुनै पनि समस्याबाट चिन्तित हुनुहुन्छ भने त्यसका लागि मेवाको दानाको सेवनले फाइदा पुर्याउँछ ।

8.पेट सफा गर्न
मेवाको दानामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले पेट र शरीरका विभिन्न अंगहरुमा हुने विषाक्त पदार्थहरु बाहिर निकाल्छ । जसले पेट सफा गर्न मद्दत गर्छ । यदि पेटमा विभिन्न प्रकारका किराहरु परेमा यसले त्यस्ता किरालाई नाश गर्छ । यसको सेवनले कब्जियतको समस्या पनि कम हुन्छ ।

खाने विधि
1. मेवाको दानालाई पिसेर जुस बनाएर पिउन सकिन्छ ।
2.मेवाको दानालाई खाना सजाउन प्रयोग गर्न सकिन्छ
3. मेवाको दानालाई सुकाएर पिसेर खान सकिन्छ ।एजेन्सी

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्