Logo
७ बैशाख २०८१, शुक्रबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिले छलफलमा बोलाएपछि जसपाको निर्धारित बैठक स्थगित

जनता समाजवादी पार्टी (जसपा) को आज बस्ने तय भएको पदाधिकारी बैठक स्थगित भएको छ। जसपामा सत्ता समीकरणमा सहभागी हुने वा नहुने भन्नेबारे बहस चलिरहेको छ।

नेता अशोक राईका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मुख्य राजनीतिक दलको छलफल बोलाएकीले बैठक स्थगित गरिएको हो। बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो बोलाइएको थियो।

नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ।

 

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्