Logo
३ बैशाख २०७८, शुक्रबार
(March 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

गण्डकी प्रदेश स्थित स्याङजामा १३ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक यवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको स्याङ्जा प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Mar 15, 2021

प्रतिक्रिया दिनुहोस्