Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी कार्यालय सहयोगीको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशित {सूचनासहित}

प्रहरी कार्यालय सहयोगी (माली/बगैँचे, भान्छे, हजाम, सिलाई/बुनाई, कुचीकार र खेलाडी)पदको प्रयोगात्मक परीक्षाफल प्रकाशित भएको छ ।

शनिवार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै प्रयोगात्मक परीक्षामा उत्तीर्णलाई अन्तर्वार्ताका लागि छनौट गरिएको जानकारी दिएको छ ।

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगीका लागि लिइएको प्रयोगात्मक परीक्षा नतिजा प्रकाशित भएको हो ।अन्तर्वार्ता लागि प्रहरी कार्यालय सहयोगी९माली बगैंचे १५ जना, भान्छेमा ३१५ जना, हजाम १७ जना, सिलाई बुनाई २४, कुचीकार ५६, खेलाडी १८ जना छनोट भएका छन् ।

अन्तर्वार्ता चैत्र १ देखि हुने भनिएकोमा चैत्र ३ देखि सञ्चालन हुने जानकारी दिएको छ । अन्तर्वार्ता दिने उम्मेदवारहरूले आफूले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्रहरू, नेपाली नागरिकताको प्रमाणपत्र, प्रवेश पत्र र समावेशी समूहमा उत्तीर्ण उम्मेदवारहरूले समावेशीको प्रमाण पत्रसमेत साथमा लिई परीक्षा सुरु हुनु एक घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने छ ।

अन्तर्वार्ता प्रदेश प्रहरी तालिमकेन्द्रहरु (विराटनगर, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगन्ज र दिपायल) र महानगरीय प्रहरी शिक्षालय महाराजगन्जमा सञ्चालन हुने जानकारी दिएको छ ।

 

 

 

प्रकाशित मिति: Mar 14, 2021

प्रतिक्रिया दिनुहोस्