Logo
१३ बैशाख २०८१, बिहीबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीबीसीका तत्कालिन पत्रकार सुशील शर्माको उपचारका क्रममा निधन

पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको २ बजेर १३ मिनेट जाँदा निधन भएको भाइ विज्ञान शर्माले जानकारी दिए । उनी ६३ वर्षका थिए ।

उनले लामो समय बीबीसी नेपाली सेवामा काम गरेका थिए । शर्मा अन्तर्वार्ता, समाचार टिप्पणी र विश्लेषणमा अब्बल मानिन्थे । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

पल्मोनरी इम्बोलिजमका कारण शर्माको मृत्यु भएको ओम अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । फोक्सोमा रगत जम्ने समस्याका कारण पल्मोनरी धमनी बन्द भएपछि पल्मोनरी इम्बोलिजम हुने पनि चिकित्सकले बताएका छन् ।

शर्माको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पनि परिवारले जनाएको छ ।

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्