महिलालाई आर्थिक आत्मनिर्भर बनाउँदै समान अधिकारका लागि आन्दोलन गर्नुपर्छ : पम्फा भुसाल
विभाजित नेकपा दाहाल-नेपाल समूहकी नेतृ पम्फा भुसालले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएकी छन् । साथै भुसालले महिलाहरूले समान अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् ।
सोमबार १ सय ११औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने बताएकी हुन् ।
नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरूको कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन्
संविधानमा महिलाहरूले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेकाले कार्यान्वयन हुनुपर्नेमा जोड दिनुपर्ने बताइन् ।
५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरूले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी छन् ।