Logo
५ श्रावण २०८२, आईतबार
(March 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको फैसलाप्रति असन्तुष्ट दाहाल-नेपाल समूह पुनरावलोकनमा जाने

हिजो आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने भन्दै ओली-दाहाललाई दिइएको नेकपा खारेज गर्ने फैसला गर्दिएपछि असन्तुष्ट भएको दाहाल-नेपाल समूह पुनरावलोकनमा जाने भएको छ ।

सर्वोच्चको फैसलाले पूर्ववत एमाले र माओवादी केन्द्र ब्युँतदा माधव नेपाल पक्षलाई ठूलो असर पर्ने देखिएको छ । एमालेका नेता नेपाल, नेकपा बनेपछि दाहालसँगको समीकरणमा छन् ।

प्रधानमन्त्री केपी ओली पक्षले सर्वोच्चको फैसला स्वागतयोग्य भन्दै नेकपा एमाले ब्युँताउने तयारीमा जुट्दा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष भने फैसलाको पुनरावलोकन माग्न अदालत जाने निष्कर्षमा पुगेको हो ।

यसले माधव नेपाल पक्षको राजनीतिक भविष्य के हुने भन्ने प्रश्न जटिल बनेको छ । यस्तोमा कानुन व्यवसायीहरुसँगको परामर्शपछि फैसला पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको हो ।

जसलाई आज बस्ने स्थायी कमिटी बैठकबाट निर्णय लिनसक्ने बताइएको छ । आइतबारको फैसलाले हाल ओली पक्षमा रहेका पूर्व माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीहरुको राजनीतिक हैसियत पनि के हुन्छ भन्ने प्रश्न उठेको छ ।

प्रकाशित मिति: Mar 8, 2021

प्रतिक्रिया दिनुहोस्