साविकको एमाले, माओवादी पुनः अस्तित्वम, अकैले दर्ता गराएका एमाले र माओवादी केन्द्र स्वतः खारेज
सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को दल दर्ता खारेज सम्बन्धी गरेको फैसलालाई स्वीकार गर्दे एमाले माओवादी पुनः अस्तित्वमा आएको बताएको छ ।
उक्त फैसलालाई आइतबारै निर्वाचन आयोगमा दर्ता गरिएको आयोगले जनाएको छ । आयोगले साँझ प्रेस विज्ञप्ति जारी गरी अदालतको फैसला कार्यालय समयमै प्राप्त भई दर्ता गरिएको जनाएको छ ।
निर्वाचन आयोगले अब अदालतको फैसला बमोजिम नेकपाको दल दर्ता खारेज गरि ऋषि कट्टेलको नाममा गरेर एमाले र माओवादी केन्द्रलाई पुनः दर्ताको प्रक्रिया अघि बढाउने भएको छ ।
अदालतको आदेशसँगै यसअघि निर्वाचन आयोगमा दर्ता रहेका सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले र गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र स्वतः खारेज भएका छन् ।
आयोगका एक आयुक्तका अनुसार केपी ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र अदालबाट निर्वाचन आयोगको निर्णय उत्प्रेषणको आदेशबाट बदर भएसँगै स्वतः अस्तित्वमा आएका छन् ।