Logo
५ श्रावण २०८२, आईतबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको फैसलासँगै ओलीले बोलाए संसदीय दलको बैठक, पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने

सर्वोच्च अदालतको फैसलालगत्तै प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बैठकले पार्टी एकता प्रक्रिया नै अस्वीकार गर्ने बताइएको छ ।

सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । सबै सांसदहरुलाई सूचना पठाएर बैठक बोलाइएको छ ।

बैठक केहीबेरमै बालुवाटारमा बस्ने छ । यता संसद् बैठक समयमा सुरु नभएको भन्दै ओली बालुवाटार फर्किएका छन् । ओली फर्कनासाथ दलको बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्