Logo
५ श्रावण २०८२, आईतबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्मा सांसदहरूलाई ठोस तयारीका साथ प्रस्तुत हुन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे बोलाइएको संसद् अधिवेशनमा ठोस तयारीका साथ उपस्थित हुन सबै सांसहरुलाई निर्देशन दिएका छन् ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुको क्षमता प्रस्तुत गर्ने स्थल भनेको संसद् भएको बताउँदै त्यसका लागि ठोस तयारी गर्न सांसदहरूलाई आग्रह गरे ।

ओलीले भने,‘सांसदहरूले आफ्नो क्षमता प्रस्तुत गर्ने स्थल भनेको संसद् हो, त्यसका लागि ठोस तयारी गर्नुस् ।’

प्रधानमन्त्री ओलीले संसदीय मर्यादा र अनुशासनको ख्याल राख्दै जनताका आवाजलाई संसदमा मुखरित गर्न सांसदहरू प्रतिस्पर्धी र अब्बल हुनुपर्नेमा जाडे दिएको संसदीय दलले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सांसदहरूको क्षमता अभिवृद्धिमा पार्टीको ध्यान पुग्न नसकेको बताए ।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्