Logo
११ बैशाख २०८१, मंगलबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको नामको मुद्दाको फैसला आज हुँदै

नेकपाको नाम बारेको मुद्दाको फैसला आज हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आफ्नो पार्टीसँग नाम मिल्ने गरी निर्वाचन आयोगले ओली-प्रचण्ड नेतृत्वको पार्टीलाई नाम दिएको भन्दै रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधिश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २० गते निर्णय सुनाउने मिति तोकेको थियो ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण अदालतमा शोक बिदा परेपछि निर्णय सुनाउने मिति पछि सरेको हो ।

ओली-प्रचण्ड नेतृत्वको नेकपाको विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्चले उक्त नामको आधिकारिक हकदार को हो भन्ने विषयमा निर्णय गर्न लागेको हो ।

रिट निवेदकको तर्फबाट अधिवक्ता रत्नप्रसाद जोशी, वरिष्ठ अधिवक्ता डा।कुमारआचार्य लगायतले बहस गरेका थिए ।

यस्तै विपक्षीबाट सरकारी वकील र वरिष्ठ अधिवक्ता मुक्ति प्रधान लगायतले बहस गरेका थिए ।नेकपा अहिले कानुनी रुपमा एक भएपनि राजनीतिकरुपमा विभाजन भइसकेको अवस्था छ ।

त्यस्तै अदालतले पुनःस्थापित गरेको प्रतिनिधिसभाको बैठक आज दिउँसो ४ बजेबाट सुरु हुदैँ छ । राजनीतिक अन्योलका साथ अधिवेशन शुरु गरिन लागेकाले आम जनताले यो बैठकलाई चासोको रुपमा हेरेका छन् ।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्