Logo
७ बैशाख २०८१, शुक्रबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढीको भीषण आगलागी स्थलमा पुगे प्रदेश नम्बर २ का प्रदेश प्रमुख अहिराज

सुदूरपश्चिम प्रदेश स्थित धनगढीको भीषण आगलागी स्थलमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराज निरीक्षणको लागि पुगेका छन् ।

धनगढी उप-महानगरपालिका वडा नम्बर ४ चटकपुरस्थित आगलागी भएकोे फर्निचर उद्योग स्थलमा प्रदेश प्रमुख अहिराज पुगेका हुन् ।

प्रदेश प्रमुखले भने, “बिहान हिड्दै क्षति भएको ठाउँमा गए, कस्तो मन पोल्यो। युवाहरु मिलेर गर्नु भएको रहेछ। उहाँहरुले धेरेैलाई रोजगारी पनि दिनु भएको रहेछ। तर उद्घाटन नहुँदैे आगोले खरानी भयो। मन पोेल्यो।”

धनगढी भ्रमणमा रहेका प्रदेश प्रमुख अहिराज आलोक मल्टी कन्सर्न प्रालिद्धारा सञ्चालनमा ल्याउन थालिएको उद्योग स्थलमा निरीक्षणको लागि आइतबार बिहान पुगेका हुन्।

यद्यपि सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख र मुख्यमन्त्री तथा कुनै पनि प्रतिनिधि हालसम्म घटना स्थल पुगेका छैनन्।

आगलागीबाट झण्डै ८ करोड बराबरको क्षति भएको कैलाली प्रहरीले बताएको छ।

 

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्