Logo
८ बैशाख २०८१, शनिबार
(March 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल शान्तिको युगमा प्रवेश, विप्लवको यो सेफ ल्याण्डिङ हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल फेरि शान्तिको युगमा प्रवेश गरेको बताएका छन् । साथै यो विप्लवको कुनै फोर्सल्याण्डिङ नभइ सेफ ल्याण्डिङ भएको बताएका छन् ।

यो विप्लवको सेफ ल्याण्डिङ हो, नेपाल शान्तिको युगमा प्रवेश गर्‍यो स् प्रधानमन्त्री ओली

आज ९शुक्रबार० सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमा बोल्दै उनले भने, ‘यो फोर्सल्याण्डिङ, क्र्यास ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो ।’
हिंसात्मक द्वन्द्व नभएको र शान्ति भएको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण राजनीतिमा आएको भन्दै विप्लवलाई बधाई र धन्यवाद पनि दिए ।

उनले विप्लवसँग रातारात सम्झौता नभएको पनि बताएका छन् । ‘रातारात होइन, वर्षौदेखि वार्ता चलिरहेको थियो । वार्ता नगरा बजाएर गरेनौँ । गम्भीरताका साथ वार्ता गर्‍यौं’, उनले भने ।

उनले अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको पनि बताएका छन् । अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशामा कोही नभएको उनले बताए ।

ओलीले केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् न भनेर किस्तीमा राखेर हिँडेको बताए ।

प्रधानमन्त्री ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको बताएका छन्  । उनले आफूहरुबारे भ्रम छर्ने प्रयास भएको भन्दै अघि भने, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं ।’

प्रकाशित मिति: Mar 5, 2021

प्रतिक्रिया दिनुहोस्