Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारसँग भएको तीनबुँदे सहमतिमा हामी प्रतिवद्ध छौं र पालना गर्छौं : विप्लव

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

उनले देशलाई समृद्ध र विकास साथै शहिदको सपना पुरागर्न लागी पर्ने समेत प्रतिवता व्यक्त गरे । साथै उनले राज्य पक्ष र आफ्नो पक्षबीच भएको सहमति हस्ताक्षरपश्चात बोल्दै देशका अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए।

उनले भने ‘अहिलेका सबै समस्याको समाधानका निम्ति नेपाली जनतालाई निर्णयको अधिकार दिनुपर्छ।’राज्य र विप्लव पक्षबीच भएको तीनबुँदे सहमतिअनुसार राज्य पक्ष र विप्लव पक्षबीच शुक्रबार हस्ताक्षर भएको हो।

प्रकाशित मिति: Mar 5, 2021

प्रतिक्रिया दिनुहोस्