Logo
६ बैशाख २०८१, बिहीबार
(March 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बैंकले खुलायो १ सय ९२ पदमा आवेदन (सूचनासहित)

नेपाल बैंक लिमिटेडले एक सय ९२ पदमा आवेदन माग गरेको छ ।

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको हो ।

लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।

बैंकले आज अनलाइन दरखास्त फारम भर्नेबारे सूचना प्रकाशन गरेको छ।

आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ। चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ। स्थायी दरबन्दीका लागि बैंकले आवेदन खुला गरेको हो।

दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ।तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

बैंकको वहालवाला स्थायी कर्मचारीलाई उल्लेखित उमेरको हद नलाग्ने सूचनामा उल्लेख छ।

यसको विस्तृत जानकारी हेर्नुहोस् सूचना –

 

 

प्रकाशित मिति: Mar 5, 2021

प्रतिक्रिया दिनुहोस्