Logo
११ बैशाख २०८१, मंगलबार
(March 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रा मुद्दाहरूको सम्बोधन नभएसम्म सरकारमा जानुको कुनै अर्थ छैन : राजेन्द्र महतो

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको मुद्दाहरूको सम्बोधन नभएसम्म सरकारमा नजाने बताएका छन् ।

मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन र रेशम चौधरी तथा लक्ष्मण चौधरीको मुद्दा फिर्ता नभएसम्म आफूहरू सरकारमा नजाने बताएका हुन् ।

महतोले आफ्ना मुद्दाहरूको सम्बोधन नभए सरकारमा जानुको अर्थ नरहेकाले राष्ट्रिय मुक्ति आन्दोलनको तयारीमा पार्टी लागेको बताए । जुन सरकारले आफूहरूको मुद्दा सम्बोधन गर्छ त्यही पार्टीलाई सहयोग गर्ने महतोको भनाइ छ ।

थरुहट आन्दोलनका क्रममा भएको घटना षडयन्त्रपूर्वक घटाइएको जिकिर गर्दै महतोले अन्य आन्दोलनमा भएका घटनामा कसैलाई आजीवन काराबास नभएकाले जातीय रूपमा कसैमाथि विभेद गर्न नहुने बताए ।

उनले आफूले संसदमै महाकाली सन्धी गर्ने राष्ट्राघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने माग राखेको स्मरण गर्दै सत्ता बाहिर रहदा राष्ट्रियताका कुरा गर्नेहरू सत्तामा पुगेपछि मौन रहने गरेको आरोप लगाए ।

उनले निश्चित व्यक्तिको स्वार्थले संविधान बनेकाले सबैलाई समेट्न नसकेको तर्क गरे ।यस्तै फरक प्रशंङ्गमा बोल्दै महतोले ठूला दलका नेताहरुको खोक्रा राष्ट्रवादका कारण नेपाली जनताले दुःख पाइरहेको दाबी गरे ।

 

प्रकाशित मिति: Mar 2, 2021

प्रतिक्रिया दिनुहोस्