Logo
१३ बैशाख २०८१, बिहीबार
(March 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुखुराको भालेले मालिकलाई मारेपछि…!

यो संसार विविधताले भरिएको छ । यहाँ धेरै मानिस बस्ने गर्छन् र धेरै परम्परा मानिसले निर्माण गरेका हुन्छन् । विश्वमा धेरै प्रकारका संस्कृति र परम्परा रहेका छन् ।

कुनै परम्परा सरकारले नै मान्यता दिएको हुन्छ भने कति परम्परा सरकारले मान्यता नदिदाँ पनि मानिसले गैरकानुनीरुपमा मानिरहेका हुन्छन् ।

हामीले कति संस्कार रमाइलोको लागि पनि निरन्तरता दिएका हुन्छौ तर कहिले काहि त्यही संस्कार मानिसको मृत्युको कारण हुन सक्छ । त्यस्तै घटना भारतमा भएको छ ।

भारतमा भाले जुधाईलाई अवैध घोषित गरिएको छ । तर, त्यहाँ भाले जुधाएर बाजी लगाउने परम्परा रहँदै आएको छ । भारतमा कुखुराको भालेले मान्छे मारेको छ ।

तपाइलाई लाग्न सक्छ कुखुराको भालेले मान्छेको मृत्यु हुनसक्छ । तर, भारतको तेलंगना राज्यको लोथुनर गाउँमा त्यस्तै घटना भएको छ ।

भाले जुधाउने क्रममा एउटा भाले भाग्न खोज्यो । मालिकले त्यसलाई समात्न खोजे । तीन इञ्चको छुरी भालेको दुई खुट्टाको बीच पेटको भागमा जडित थियो । समात्न खोज्ने भाले मालिक गम्भीर रुपमा घाइते भए ।

ती व्यक्तिलाई अस्पताल लगियो । तर, बढी रगत बगेकाले उनको बाटोमै मृत्यु भइसकेको थियो । घटनापछि प्रहरीले १५ जनालाई पक्राऊ गरेको छ ।

यसअघि गत वर्ष एकजना व्यक्ति आन्ध्र प्रदेशमा भाले जुधाईमा प्रयोग गरिने भालेमा जडित ब्लेडले काटेर मारिएका थिए ।एजेन्सी

प्रकाशित मिति: Mar 2, 2021

प्रतिक्रिया दिनुहोस्