Logo
६ बैशाख २०८१, बिहीबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका अध्यक्षको गाडीबाट आठ लाख घुस वापतको नगद बरामद, अध्यक्ष फरार

प्रदेश २ स्थित धनुषाकाे बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ घुस बरामद भएको छ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत भने गाडीबाट कुँदेर फरार भएका छन्। फरार गाउँपालिका अध्यक्ष राउतको खोजीकार्य भइरहेको अख्तियारले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले ८ लाख रुपैयाँ घुस रकमसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

गाउँपालिका अन्तर्गतको विकासे योजनाको कामको भुक्तानी दिन उक्त रकम कमिसन लिएको अवस्थामा अख्तियारको टोलीले उनलाई पछ्याएको थियो।

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्