Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : थाइराइड सन्तुलनमा राख्न हामीले खानैपर्ने यी ५ खानेकुरा !

अहिलेको बर्तमान सयमा आम मानिसमा देखिरहेको समस्या मध्ये थाइराइड एक हो । थाइराइड हाम्रो शरीरको लागि एक गम्भिर समस्या हो ।

यसले मानिसको हर्मोन असन्तुलन बनाउने गर्छ जसका कारण शरीरमा अचानक तौल बढाउने र अचानक घटाउने, घाँटी सुन्निने, कपाल झर्ने र मुटुको चाल बढाउने जस्ता समस्याहरु पैदा गर्छ । महिलाहरुमा धेरै मात्रामा थाइराइडको समस्या देखापर्छ ।

थाइराइडले शरीरको धेरै कुरा नियन्त्रण गर्छ। जस्तै शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने हो।

यसले शरीरमा हुने अनावश्यक झोलपदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्छ। विशेषगरी मुटुको धड्कन मिलाउने, नियन्त्रण गर्ने काम गर्छ।

त्यो हर्मोन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ।थाइराइड घाँटीमा हुने एक प्रकारको समस्या हो

। यो घाँटीको अगाडीको भागमा रहेको एउटा ग्रन्थी हो। रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी-३ र ट्राइआयोडो थाइरोनिन टी-४ हर्मोन उत्पादन गर्छ।

थाइराइडको ग्रन्थी घाँटीको अघिल्लो भागमा थुक निल्दा चल्ने एउटा २० देखि २५ ग्रामको ग्रन्थी हो।

थाइराइड सन्तुलन राख्न के खाने ?

-तुलसी
दुई चम्चा तुलसीसँग आधा चम्चा घयूकुमारीको जुस मिसाएर हरेक दिन सेवन गर्दा थाइराइड सन्तुलनमा रहन्छ ।

-लौकाको जुस
थाइराइड बढ्ने र घट्ने समस्यामा लौकाको जुस पिउने गर्नुपर्छ ।

-बेसार
एक गिलास दूधमा बेसारको पाउडर हालेर पिउँने गर्दा थाइराइड सन्तुलनमा रहन्छ ।

-माछा
थाइराइडका बिरामीले माछाको सेवन गर्नुपर्छ । समुन्द्री माछाहरु सेलफिश र झिंगामा आमेगा ३ फ्याटी एसिड पाइन्छ जसले थाइराइडका रोगीलाई फाइदा पुर्याउँछ ।

-फलफूल
थाइराइडका रोगीले फलफूलको अत्यधिक सेवन गर्नुपर्छ । फलफूलमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । जसले थाइराइडका कारण आउने समस्याबाट बचाउँछ ।एजेन्सी

 

 

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्